दफा
भौतिक विकास योजनाको तर्जुमा र स्वीकृति

५.१ काठमाडौं उपत्यकाको भौतिक विकासको लागि देहायको कुनै वा सबै उद्देश्य पूरा गर्न प्राधिकरणले भौतिक विकास योजना तर्जुमा गर्न सक्नेछ ः–
५.१.१ काठमाडौं उपत्यकालाई नेपाल ………… को एक प्रमुख प्रशासनिक, पर्यटन, सांस्कृतिक एवं आर्थिक केन्द्रको रूपमा विकास गर्ने,
५.१.२ भइरहेको नगरको पुन निर्माण, विस्तार र विकास गर्ने तथा नयाँ नगरको निर्माण गर्ने,
५.१.३ भौतिक विकासको लागि भू–उपयोग (ल्याण्ड यूज) क्षेत्र निर्धारण गर्ने,
५.१.४ जनसाधारणलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने,
५.१.५ उपर्युक्त कार्यहरूसँग सम्बद्ध अन्य कार्यहरू गर्ने ।
५.२ उपदफा ५.१ बमोजिम प्राधिकरणले बनाएको भौतिक विकास योजना नेपाल सरकारबाट स्वीकृत हुनु पर्नेछ ।
५.३ उपदफा ५.२ बमोजिम नेपाल सरकारबाट स्वीकृत भौतिक विकास योजना प्राधिकरणले कार्यान्वयन गर्नेछ ।